कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर औषधि वितरण गर्दै रामेछाप नगरपालिका

कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर औषधि वितरण गर्दै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिकाले कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर स्वास्थ्य सामाग्री सहित औषधि वितरण गर्दै परामर्श दिन थालेको छ ।

नगरपालिकाका जनप्रतिनिधि र स्व्ाास्थ्यकर्मी सहितको टोलिले होम आइसोलेसनमा बसेका संक्रमितहरुको घर-घरमै पुगेर उनिहरुको मनोबल तथा हौसला बढाउन अवस्था बुझ्ने गरेका छन् ।

सिटामोल, भिटामिन वि कम्प्लेक्स, भिटामिन सि,जिवनजल,पेन्टोप्राजोल,लिभोसेट्रीजिन लगायतका औषधि संक्रमित भएर होम आइसोलेसनमा बसेका व्यक्तिको घरमै पुगेर प्रदान गरिँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु ब. कार्कीले बताउनुभयो ।

नगरपालिकामा अहिलेसम्म १७१ जनामा संक्रमण पुष्टि भएको छ । यी मध्ये ८८ जना होम आइसोलेसनमा रहेका छन । संक्रमितहरुलाई नियमित स्वास्थ्यकर्मीहरुको निगरानि तथा सरसल्हामा होमआइसोलेसनमा राखिएको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

संक्रमित व्यक्तीको सम्पर्कका रहेकाहरुको स्वाव संकलन गर्ने कार्य पनि भइरहेको उहाँको भनाइ छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा अस्पतालमा गएर जाँच गराउन उहाँले आग्रह गर्नुभयो ।                                             

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार