रामेछापमा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रामेछापमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा मन्थली नगरपालिका–५ स्थित श्री भैरवी माध्यमिक विद्यालयमा आत्महत्या रोकथामसम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको कमाण्डमा खटिएको प्रहरी टोलीले विद्यालयमा आत्महत्या […]

भदौ २६ गते मन्थली अस्पतालमा बाढीपछि सम्पर्कविहीन बनेका आफन्तको डिएनए नमुना संकलन गरिँदै

भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका रामेछापका आफन्तको डिएनए नमुना संकलन गरिँदै छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार सम्पर्कविहीन व्यक्तिका परिवारलाई भदौ २६ गते सदरमुकाम मन्थलीमा उपस्थित भएर डिएनए परीक्षणका लागि आवश्यक रगतको नमुना दिन आग्रह गरिएको छ । हराइरहेका व्यक्तिको डिएनए प्रोफाइलसँग तुलना गर्न उनका ‘फस्ट्र […]

गोकुलगंगाका नागरिकले केएमसीमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने

रामेछापको गोकुलगंगा गाउँपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) का अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन् । गोकुलगंगा गाउँपालिका र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच भएको सम्झौताअनुसार गाउँपालिकाका बासिन्दालाई सिनामंगल र भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा छुट सुविधा उपलब्ध हुने भएको हो । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकामा बसोबास गर्ने स्वास्थ्य बीमा गरेका […]

लिखु तामाकोशीका नागरिकले काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट पाउने

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। गाउँपालिका र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच भएको सम्झौताअनुसार दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा असोज मसान्तसम्म पहिलो प्राथमिकताका आधारमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा […]

रामेछाप खाँडादेवी गाउँपालिकाको निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा 

रामेछापको खाँडादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढेको हो। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माणस्थलको स्थलगत अनुगमन गरेको […]

रामेछाप–५ रामपुरमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर, १३४ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका–५ रामपुरस्थित स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १३४ जनाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राष्ट्रिय निर्देशनालयअन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप, मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो। रामेछाप नगरपालिकाको कार्यालय, वडा नं. ५ को कार्यालय तथा […]

रामेछाप अस्पतालमा पहिलोपटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सुरु

रामेछाप अस्पतालमा पहिलोपटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सञ्चालनमा आएको छ। अस्पतालले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कल्पना बज्राचार्यबाट विशेषज्ञ सेवा सुरु गरेको हो। नयाँ सेवा सञ्चालन भएसँगै महिलामा देखिने विभिन्न स्त्रीरोगसम्बन्धी समस्या, गर्भावस्था तथा प्रसूतिसम्बन्धी समस्या, नियमित गर्भजाँच, प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक उपचार अब रामेछाप अस्पतालमै विशेषज्ञ चिकित्सकबाट प्राप्त गर्न सकिने […]

रामेछाप अस्पतालमा पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय, पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा सुरु गरेको हो। अस्पतालका अनुसार वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विजया सत्यालबाट अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। डा. सत्यालले एमडी मनोचिकित्सा अध्ययन गर्नुभएको छ र […]

रामेछाप बजारमा डेंगी सचेतना तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान

श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउने अभियानअन्तर्गत रामेछाप बजार क्षेत्रमा डेंगी रोगसम्बन्धी सचेतना तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा बजार तथा आसपासका क्षेत्रमा डेंगी फैलाउने एडिज जातको लामखुट्टेको सम्भावित बासस्थान पहिचान गरी पानी जम्ने स्थानको खोजी तथा सरसफाइ गरिएको थियो। साथै, स्थानीयवासीलाई घर, कार्यालय तथा समुदायमा पानी जम्न […]

स्वस्थ शरीर, स्वस्थ मन : दीर्घायु जीवनको आधार

_ रामशरण पौडेल  प्राकृतिक खानपान, सन्तुलित आहार, स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायाम नै मानिसका सबैभन्दा प्रभावकारी तथा निःशुल्क उपचार पद्धति हुन्। स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो। धन, पद वा प्रतिष्ठाभन्दा पनि स्वस्थ शरीर र स्वस्थ मन नै सुखी, सफल र समृद्ध जीवनको आधार हो। तर आजको व्यस्त जीवनशैली, असन्तुलित खानपान, शारीरिक निष्क्रियता, बढ्दो […]