रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल

रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको लामागाउँका एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्ण बं कार्कीले जानकारी दिनुभयो ।

नगरपालिकाको टोली समुदायस्तरमा कोरोना परीक्षण गर्न गाउँ गाउँमा पुग्ने गरेको छ । सोहि क्रममा लामागाउँमा गरिएको एन्टिजेन परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको हो । नेवा खड्गी जातिहरुको बसोबास रहेको उक्त गाउँमा जतिलाई परीक्षण गर्यो उतिमै पोजेटिभ देखिएको र यसले पुरा गाउँमै संक्रमण फैलिएको भन्दै १० दिनसम्म पुरा गाउँ नै शिल गरिएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

१० दिनसम्म लामागाउँका कोहि पनि व्यक्ति अत्यावश्यक कामभन्दा बाहेक घर बाहिर निस्कन पाउने छैनन । संक्रमित सबैलाई होम आईसोलेसनमै राखिएको र केहि समस्या परे मात्रै अस्पताल आउन भनिएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।

रामेछाप नगरपालिकामा अहिलेसम्म २६३ जनामा संक्रमण पुष्टि भएको छ । यी मध्ये १६२ जना उपचार पछि स्वस्थ भैसकेका छन । ८७ जना होम आइसोलेसनमा बसेका छन । कोरोना संक्रमित भएर नगरपालिकाका ४ जनाले ज्यान गुमाएका छन ।

संक्रमितहरुलाई नियमित स्वास्थ्यकर्मीहरुको निगरानि तथा सरसल्हामा होमआइसोलेसनमा राखिएको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो । संक्रमित व्यक्तीको सम्पर्कका रहेकाहरुको स्वाव संकलन गर्ने कार्य पनि भइरहेको उहाँको भनाइ छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा अस्पतालमा गएर जाँच गराउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार