रामेछापमा थपिए ११८ जना कोरोना संक्रमित,आज ९४ जना निको

रामेछापमा थपिए ११८ जना कोरोना संक्रमित,आज ९४ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिरहेका छ्न । आज मात्रै जिल्लामा ११८ जना कोरोना संक्रमित थपिएका छ्न । सुनापती गाउँपालिकाका ९८ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पतालमा ३ जना , गोकुलगंगा गाउँपालिकामा ३ जना, लिखु तामाकोसी गाउँपालिकामा २ जना, सुनापती गाउँपालिकामा ८ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार २ सय ७७ पुगेको छ । पिसिआर परिक्षण मार्फत ९४३ र एन्टिजिन परिक्षण मार्फत ३३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये ८७२ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ३९५ जना रहेको छ । १५ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १० जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका ११८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार