रामेछापमा थपिए ५५ जना कोरोना संक्रमित,आज १३ जना निको

रामेछापमा थपिए ५५ जना कोरोना संक्रमित,आज १३ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छ्न ।

रामेछाप नगरपालिकाका ७ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना र दोरम्बा गाउँपालिकाका ७ जना गरि २१ जनामा पिसिआर परिक्षण मार्फत कोरोना पोजेटिभ देखिएको छ ।

जिल्ला अस्पतालमा १ जना , रामेछाप नगरपालिकामा ४ जना, खाँडादेवी गाउँपालिकामा १ जना, लिखु तामाकोसी गाउँपालिकामा २ जना, सुनापती गाउँपालिकामा २१ जना र तामाकोसी अस्पतालमा ५ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार १ सय ५९ पुगेको छ । पिसिआर परिक्षण मार्फत ८४५ र एन्टिजिन परिक्षण मार्फत ३१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये ७७८ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ३७२ जना रहेको छ । १५ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ९ जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका १३२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार