रामेछापमा थपिए ५२ जना कोरोना संक्रमित,आज ४५ जना निको

रामेछापमा थपिए ५२ जना कोरोना संक्रमित,आज ४५ जना निको

रामेछाप जिल्लामा आज ५२ जना कोरोना संक्रमित थपिएका छ्न । प्राथमिकता स्व्ाास्थ्य केन्द्र मन्थलीमा पिसिआर परिक्षण गराएका ३१ जनामा आज कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पतालमा २ जना , रामेछाप नगरपालिकामा १६ जना, लिखु तामाकोसी गाउँपालिकामा १ जना , प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा १ जना र खाँडादेवि गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ३ सय २९ पुगेको छ । पिसिआर परिक्षण मार्फत ९७४ र एन्टिजिन परिक्षण मार्फत ३५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये ९१७ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ४०२ जना रहेको छ । १६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १० जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका ६४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार