रामेछापमा ५९४ जना कोरोना संक्रमित निको, ४९० जना आइसोलेसनमा

रामेछापमा ५९४ जना कोरोना संक्रमित निको, ४९० जना आइसोलेसनमा

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी रहे पनि निको हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्लामा ५९४ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । आज रामेछाप नगरपालिकाका ४ जना र दोरम्बा गाउँपालिकाका २ जना गरि ६ जना संक्रमित उपचारपछि स्वास्थ भएका छ्न ।

कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ९० पुगेको छ । पिसिआर परिक्षण मार्फत ८२४ र एन्टिजिन परिक्षण मार्फत २६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५९४ जना रहेको छ । १२ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ६ जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका १५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार