सिन्धुलीमा एचआईभी एड्स सङ्क्रमितको डरलाग्दो तथ्याङ्क सार्वजनिक

एचआईभी एड्स सङ्क्रमितको संख्या सिन्धुली जिल्लामा बृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा पहिचान भएका ६५ जना सङ्क्रमितमध्ये कमलामाई नगरपालिकामा मात्रै २७ जना रहेका छन् । सिन्धुली प्लसका प्रमुख मीना मगरका अनुसार, सन् २०२० जनवरीदेखि डिसेम्बरसम्ममा जिल्लामा ६५ जना सङ्क्रमित पाइएको छ । जसमा ३३ जना पुरुष, ३० जना महिला र दुई जना बालिका […]

रामेछाप साँघुटार थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा आएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो । सहरी स्वास्थ्य केन्द्र सन्चालन आएपछि वडा नम्बर २ र ३ का नागरीकहरुलाई निकै फाईदा पुग्ने छ । शहरी स्वास्थ्य केन्द्रबाट नियमित रुपमा गर्भवती जाँच, सुत्केरी जाँच, प्रसुति, परिवार […]

हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न सरकारको निर्देशन

सरकारले कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गर्दा हाल बसोबास गरेको ठेगाना राखेर मात्र फर्म भर्न निर्देशन दिएको छ । बुधबार बसेको सचिवस्तरीय बैठकले हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न निर्देशन दिएको हो । हाल बसोबास गरेको ठेगाना उल्लेख नगर्दा कोरोना संक्रमण पुष्टि भएकाहरूको खोजी अनुसन्धान र स्थान विशेष पहिचान गरी गर्नुपर्ने […]

पछिल्लो २४ घण्टामा थपिए ५११ संक्रमित, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या […]

रामेछापमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना आईसोलेसनमा

रामेछापमा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हिजो धुलिखेल प्रादेशिक ल्याबमा पिसिआर परीक्षणका लागी पठाइएको १ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कार्यालय रामेछापले जानकारी दिएको छ । संक्रमित व्यक्ति नेपाल आर्मिमा कार्यरत रहेको र उहाँलाई जिल्ला अस्पताल रामेछापको आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो […]

मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए

सरकारले मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई हटाउने निर्णय गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्रीको उपस्थितिमाहिजो बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले मेडिकल कलेज बाहेक सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने […]

हालसम्म रामेछापका २ सय २ जनाले जिते कोरोना

रामेछापमा थप चार जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यलय रामेछापका अनुसार शुक्रबार मन्थली नगरपालिका चार जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुनेमा ३२ र ३० बर्षकि महिला र ४१ र ३४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । शुक्रवार कोरोना मुक्त हुने […]

रामेछापको बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ स्थित बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो । स्वास्थ्य केन्द्रको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले रामेछाप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै महत्वुर्ण कामहरु गरेको बताउनुभयो । कोरोना भाईरसले गर्दा केही कामहरु रोकिएको र ति कामहरु फेरी […]

रामेछापमा १९७ जना कोरोना सङ्क्रमणमुक्त,६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछापका ३ जना कोरोना संक्रमतिले कोरोना भाईरसलाई जितेका छन । आज मन्थली नगरपालिकाका ३७,५५ र ६४ वर्षका पुरुष उपचारपछि निको भएका हुन । अब मन्थली नगरपालिकामा ४ जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ६ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको […]

रामेछापमा ९ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछाप जिल्लामा ९ जना कोरोनाका सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । अहिले मन्थली नगरपालिकामा सात जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ९ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९४ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका […]