रामेछापमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित संख्या १ हजार नाघ्यो

रामेछापमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित संख्या १ हजार नाघ्यो

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छ्न ।

सुनापती गाउँपालिकाका २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पतालमा ३ जना , लिखु तामाकोसी गाउँपालिकामा २ जना र प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा १ जनागरि ६ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ४४ पुगेको छ । पिसिआर परिक्षण मार्फत ८२० र एन्टिजिन परिक्षण मार्फत २२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये ४८७ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५५१ जना रहेको छ । ९ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर ६ जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका १०४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार