रामेछापमा २ सय १७ जना कोरोनाका सकृय संक्रमित आइसोलेशनमा

रामेछापमा अहिले कारोना भाईरसबाट संक्रमित २ सय १७ जना सकृय संक्रमित रहेका छन । जिल्लाको मन्थली नगरपालिकामा ५२ जना, रामेछाप नगरपालिकामा ४६जना, उमाकुण्ड गाउँपालिकामा १६ जना, खाँडादेवी गाउँपालिकामा २३ जना, गोकुलगङ्गा गाउँपालिकामा १७ जना, लिखुतामाकोसी गाउँपालिकामा १९ जना, दोरम्बा शैैलुङ गाउँपालिकामा ५ जना र सुनापति गाउँपालिकामा १३ जना कोरोनाका सकृय संक्रमित होम आइसोलेशनमा छन । […]

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट यो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना […]

रामेछापमा थपिए २१ जना कोरोना संक्रमित, जिल्लामा १८८ जना सक्रिय संक्रमित

रामेछापमा आज २१ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा अहिले १८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । आज जिल्ला अस्पताल सहित जिल्लाको विभिन्न पालिकाहरुमा ४४ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोनाको तेस्रो लहर शुरुभए यता जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा […]

उमाकुण्ड गाउँपालिकामा अत्यावश्यक बाहेकको सम्पुर्ण सेवा बन्द

रामेछापको उमाकुण्ड गाउँपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको जनाएको छ । तिव्र गतिमा फैलिएको कोरोना संक्रमण गाउँपालिकामा पनि फैलिएको र गाउँपालिकाका केही कर्मचारीमा कोरोना पुष्टि भएको भन्दै आज एक सुचना मार्फत गाउँपालिकाले जनाएको छ । आजदेखी माघ १४ गतेसम्म अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द रहने पालिकाले जनाएको छ ।       

रामेछापमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए १० हजार बढी संक्रमित

केहि दिन यता रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन । आज जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ३५ जना संक्रमितसँगै अहिले जिल्लामा १८३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । जिल्लामा सबैभन्दा धेरै संक्रमित मन्थली नगरपालिकामा रहेका छन । आज थप १० हजार ७ सय ३ जनामा कोरोना […]

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ । हिजो देशभर हालसम्मकै धेरै मानिसहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो एकैदिन देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै ४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म […]

नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु

नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २७ हजार ४ सय ९७नमूनामा कोरोना परीक्षण गरिएको थियो । जसमा २१ […]

रामेछापमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

केहि दिन यता रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन । आज जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका ३५ जना संक्रमितसँगै अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । जिल्लामा सबैभन्दा धेरै संक्रमित […]

कोरोना संक्रमण बढिरहँदा रामेछापको विहिबारे हाटमा भिडभाड,रामेछाप नगरपालिका मौन

केहि दिन यता रामेछापमा दैनिक रुपमा ३० देखी ४० जनाको हाराहारीमा कोरोना संक्रमितहरु थपिने क्रम जारी छ । रामेछापमा आज मात्रै ३५ जना कोरोना सङ्क्रमित थपिएका छन । जिल्लामा अहिले १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासनले पनि २५ जनाभन्दा बढी भेला नहुन केहि दिन अघि सुचना प्रकाशन […]

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै ५४ प्रतिशत पुग्यो

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै बढेर ५४ प्रतिशत पुगेको छ । गत साता सङ्क्रमणदर १३ प्रतिशत रहेकोमा यो साता बढेर ५४ दशमलव ४ प्रतिशत पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा परीक्षण गर्दा ४० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुने थालेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले कोरोना सङ्क्रमणको दर […]