काठमाडौं उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुईवटा गाडीसम्म अनुमति लिनु नपर्ने

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलि देखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ। निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्ने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि देखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी […]

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाको आपूर्ति प्रणाली सुचारु राख्न तोक्यो सम्पर्क व्यक्ति

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम बनाएको छ ।मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताउनुभयो । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको […]

रामेछापमा कोरोनाका १२ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा १२ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लाको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन । गोकुलगंगा गाउँपालिकामा ११ जना सकृय संक्रमितको आईसोलनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्ला अस्पताल रामेछापमा २ जना कोरोनाका संक्रमितहरुको […]

रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को […]

सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

नोबेल कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेका जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसअघिबाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका […]

अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वि विद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको […]

काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसल बाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने तयारी भएको हो । तर यस बारेमा औपचारिक निर्णय भने भैसकेको छैन । हिजो बसेको […]

आज ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना सङ्क्रमित फेला परेका हुन् । त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण […]

कोरोनाविरुद्ध राजनीतिक दल एक ठाउँमा उभिएनन्

दोस्रो लहरको नोबेल कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै स्वास्थ्य मन्त्रालयले १० दिनअघि ८ बुँदे विशेष अनुरोध सार्वजनिक ग¥यो र सावधानी अपनाउन भन्यो । त्यसको ४ दिनपछि सरकारले आदेश पनि जारी गरेको थियो । तर सरकारले जारी गरेको आदेश, सत्ताधारी दलबाटै पालना भएको पाइँदैन । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक […]

कोरोना नियन्त्रणका लागि एमालेले मातहतका सबै सङ्गठन परिचालन गर्ने

नेकपा एमालेले नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मातहतका सबै सङ्गठन परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसमिति तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ सङ्क्रमितहरूलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको हो । जिल्लाजिल्लामा हेल्प डेस्क राख्ने, गाउँगाउँमा […]