रामेछाप खोल्मगाउँमा ट्याक्टर दुर्घटना दुईजना घाईते

रामेछाप खोल्मगाउँमा ट्याक्टर दुर्घटना दुईजना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं १ खोल्मगाउँ भन्ने ठाउँमा आज ट्याक्टर दुर्घटना भएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट सामान लिएर खोल्मगाउँ तर्फ जाने क्रममा आज दिउँसो साढे १२ बजेको समयमा ट्याक्टर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर दुर्घटनामा परी उक्त ट्याक्टरका चालक र सह चालक घाईते भएका छन । दुर्घटना भएको ट्याक्टरमा धेरै नै क्षती भएपनि चालक र सह चालक भने घाईत मात्रै भएका हुन । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार