जिल्ला अस्पताल रामेछापमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि

जिल्ला अस्पताल रामेछापमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन । आज रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा २ जना,खाँडादेवी गाउँपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जना गरी २२ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ सय १ जना पुगेको छ ।

आज जिल्लामा २४ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट ११ जना,खाँडादेवी गाउँपालिकाबाट ६ जना,गोकुलगंगा गाउँपालिकाबाट ४ जना,सुनापती गाउँपालिकाबाट २ जना र उमाकुण्ड गाउँपालिकाबाट एक जनाले कोरोना जितेका छन । यो सँगै जिल्लामा कोरोना निको हुनेको संख्या २१ सय ४० रहेको छ । जिल्लामा अहिले १४१ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २० जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार