नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी बापतको ५ लाख ९७ हजार

नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी बापतको ५ लाख ९७ हजार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले बीमा दावि बापत ५ लाख ९७ हजार ५ सय रुपियाँ भुक्तानी गरेको छ । कम्पनीले धनुषाको सबैला नगरपालिका वडा नं २ घर भएका हाल रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा व्यवसाय गर्दै आएका मृतक भरत पूर्वेको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।

मृतक भरत पूर्वेको मृत्यु पछि उनको श्रीमती रामकुमारी देवी पूर्वेलाई बीमा दावि बापत भुक्तानी रकम आज प्रदान गरिएको हो । रामेछाप नगपालिकाका उपप्रमुख सृजना खड्काले बीमा दावि बापत भुक्तानी रकमको चेक हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले बीमाको महत्वको बारेमा सबै सर्वसाधारणलाई बुझाउनुपर्ने भन्दै यस्तो गरेमा नागरिक आफैं बीमा प्रति जागरुक र उत्साहित हुने बताउनुभयो ।

बीमा कम्पनीले सहरमा मात्र नभएर गाउँगाउँमा पुगेर बीमा सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो । बीमा कम्पनीलाई इमान्दारिताका साथ आफ्नो जिम्मेवारी, उत्तरदायित्व पूरा गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

मृतक भरत पूर्वेको श्रीमती रामकुमारी देवी पूर्वेले श्रीमानले बीमा गरेका कारण आफ्नो पीडामा केही रुपमा भएपनि मलम लागेको महसुस भएको बताउनुभयो । बीमा नगरेको भए कुनै सहयोग नआउने भन्दै उहाँले जीवन बीमा सबैका लागि आवश्यक रहेको र सबैले गर्नुपर्ने बताउनुभयो । मृतक पूर्वेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ५ लाखको विमा गरेको थिए । उनले विमा गरेको ३ वर्ष भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार