आज रामेछाप सहित देशभर मौसम बदली रहने, धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज रामेछाप सहित देशभर मौसम बदली रहने, धेरै ठाउँमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । त्यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । महाशाखाले अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ ।

यस्तै भोलिपनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार