रामेछाप नगरपालिकामा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया

रामेछाप नगरपालिकामा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया

रामेछाप नगरपालिकाको न्यायिक समितीबाट भएगरेका कामहरको आज अनुगमन तथा निरीक्षण गरिएको छ । जिल्ला न्यायधिस मोहनराज भट्टराई नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमन तथा निरीक्षण कार्यक्रमको अवसरमा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया गरिएको छ ।

अन्तरकृया कार्यक्रममा रामेछाप नगरपालिका भित्रका मेलमिलापकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुले विवाद समाधान गर्दा परेका समस्या तथा चुनौतीहरुको बारेमा जिल्ला न्यायधिस मोहनराज भट्टराइसँग छलफल गरेका हुन ।

 

अनुगमन तथा निरीक्षण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बं थापा मगर,जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पांैडेल,नायब सुब्बा विमल कुमार पुडासैनी,रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहाल,नगरपालिकाका मेलमिलापकर्ताहरु लगायतको सहभागीता रहेको थियो । रामेछाप नगरपालिकामा आर्थिक वर्ष २०७७÷७८ मा ५० वटा विवादहरु समाधान भएका छन ।

नगरपालिकामा न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजूरी दिएपछि बहसका लागि छ्ुट्टै इजलासको समेत व्यवस्था गरिएको छ । नगरपालिकाका सबै ९ वटै वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्र र मिलमिलाप कर्ताहरु रहेका छन । देउवानी प्रकृतिका मुद्धाहरु मेलमिलाप केन्द्र र न्ययिक समिती मार्फत नै मिल्ने गरेको छ । विना झन्झट विना खर्च जितजितको अवस्थामा दुवै पक्षलाई मिलाउने काम न्यायिक समितिले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार