देशका धेरै ठाउँमा यस वर्ष असार अन्तिमसम्म नै झरी नै झरी

देशका धेरै ठाउँमा यस वर्ष असार अन्तिमसम्म नै झरी नै झरी

देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो ।

तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । यही बुधवारदेखि मौसम थप सक्रिय भएको हो । आज शुक्रवार मकवानपुर, दोलखा, इलाम, सिन्धुली, दाङ, बाँकेलगायतका जिल्लामा पानी परिरहेको छ ।

त्यस्तै चितवनमा पनि चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने अनुमान मौसम विज्ञान विभागको छ ।

देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । यसैबीच वर्षाका कारण सडक पनि प्रभावित हुने हुँदा अति आवश्यक नपरि नहिँड्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार