आउँदो चैत महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन सुरु हुने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो चैत महिनाभित्र उत्पादन सुरु हुने भएको छ। दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले चैत महिनाभित्र ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने जनाएको हो । यसअघि सार्वजनिक गरेको तालिकाअनुसार यही पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो । आयोजना पुनः संशोधित तालिका […]

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो एकैपटक ११५२ जना कर्मचारी

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती […]

प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को नारावाजी गरेका हुन । प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकको सहभागिता रहेको छ । रामेछाप सहित देशभर एक सय ६५ […]

आजको मौसम हिमाली क्षेत्रमा हिमपात र तराईमा कुहिरो लाग्ने

काठमाण्डौ उपत्यकामा आज पनि तापक्रम घटेको छ । केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ । आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर […]

मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए

सरकारले मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई हटाउने निर्णय गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्रीको उपस्थितिमाहिजो बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले मेडिकल कलेज बाहेक सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने […]

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्दैछ । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुनेछ । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा […]

आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते ) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ । ‘नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा […]

घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ गठन

रामेछापको मन्थलीमा सम्पन्न स्थानीय तहका कर्मचारीहरूको भेलाले घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ निर्विरोध निर्वाचित गरेको छ । वागमति प्रदेशका अध्यक्ष शिवजी पौडेलको अध्यक्षता एवं नेपाली काँग्रेस पार्टि सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भेलाले उक्त संघ गठन गरेको हो । सो अवसरमा स्थानीयतह कर्मचारी संघ केन्द्रिय समितिका अध्यक्ष नर बहादुर साउद, […]

नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै अनुदान नलिए स्वतः लाभग्राहीको सूचीबाट नाम हट्ने प्राधिकरणले जनाएको छ । घर बनाउनेले माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो किस्ताका लागि आवेदन दिइसक्नुपर्छ । प्राधिकरणका अनुसार […]

भुकम्प गएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर बनेका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लामा ५० हजार ११६ निजि घरमा पुर्णरुपमा क्षेती पुर्याएको थियो । यसध्ये हालसम्म ४२ हजार ६६३ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार […]