आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज रक्षा वन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाध्ने परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्षएवं धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज पशुपतिनाथ मूलमन्दिर लगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । तर मन्दिरमा बाहिरबाट दर्शन गर्ने भक्तजनहरूको भने भीडभाड देखिएको छ ।

नेपालको तराई क्षेत्रमा भने आजको दिनलाई दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाईका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आजकै दिन क्वाँटी खाने प्रचलन पनि रहेको छ । जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।

यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाम भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार