बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँ वाग्मती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त हुनुभएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले हिजो नै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएर राजीनामा दिनुभएको हो  । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थियो ।बाग्मती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।

उहाँले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गर्नुभएको हो । हाल बाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार