१,९२० जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि

१,९२० जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७लाख ४७ हजार ४३३ पुगेको छ ।

यो सँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ भने ६ लाख ९८ हजार १७३ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् ।

जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन्भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत्र हेका छन् ।

यस्तै आज१ ० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार