नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको आरोपमा रामेछापका मगर पक्राउ

नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको आरोपमा रामेछापका मगर पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा रामेछापका एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट रामेछाप दोरम्वा गाउँपालिका–२ घर भई हाल दक्षिणढोका काठमाडौं बस्दै आएका २२ वर्षीय तेज थापा मगरलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२– ०१० प ९४४६ खुल्न आएको छ । पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वर पठाइएको छ ।

उक्त नम्बरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएकोले खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका –३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार