रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछाप नगरपालिकाले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ ।

महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिन लागिएको नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो ।

नगरपालिकाले एक सुचना जारी गर्दै ड्राइभिङ तालिम सिक्न चाहने महिलाहरुलाई आवेदन दिन आग्रह गरेको छ । तालिममा छनोट गर्दा नगरपालिकाले विपन्न, असहाय, दलित, एकल महिलालाई विशेष प्राथमिता दिने बताएको छ ।

तालिम पश्चात सिप सिकेर अनिवार्य रुपमा सवारी चालकको काम गर्नुपर्ने उपप्रमुख खड्काले बताउनुभयो । तालिम रामेछाप बजार रामेछापमा सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार