नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाइ चित्त बुझेन एमाले नै रोजेँ : नेता पौडेले

नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाइ चित्त बुझेन एमाले नै रोजेँ : नेता पौडेले

नेकपा एमाले रामेछापका नेता एवं बागमती प्रदेशसभा सदस्य शान्ति प्रसाद पौडेलले माधब कुमार नेपालको साथ छोडेर एमालेमै रहने बताउनुभयो ।

उहाँले नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) बनाएपछि आफुलाई चिक्त नबुझेको भन्दै नेपालको साथ छोडेर ओली नेतृत्वको एमालेमै रहने बताउनुभयो ।

अष्टलक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेशको दलको नेता र मुख्यमन्त्री बनाउन भूमिका खेल्नुभएका सांसद पौडेलले एकतावद्ध एमालेका लागि पार्टीभित्र संघर्ष हुनु स्वभाविक भएपनि विभाजनकै बाटोमा अगाडी बढ्नु गलत भएको बताउनुभयो ।

एमाले र माओवादी एकतापूर्व रामेछाप एमालेको अध्यक्ष रहनुभएका पौडेल माधब समूहमा हुनुहुन्थ्यो । तर, संसद विघटनपछि पौडेलको अध्यक्ष पद ओली पक्षले खोसेको थियो ।

यता नेकपा एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा रामेछापबाट देवशकंर पौडेल समावेश हुनुभएको छ । नेकपा एमाले नेपाल समुह रामेछापका इन्चार्ज समेत रहनुभएको उहाँ ९५ सदस्यीय केन्द्रीय कमिटीमा अटाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार