आफू पार्टी एकताको पक्षमा रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यको भनाइ

आफू पार्टी एकताको पक्षमा रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यको भनाइ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।

शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने तर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा एमालेकी उपाध्यक्ष समेत रहनुभएका शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर – बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टिको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार