रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी
रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याउनु भएको छ । […]