रामेछाप सहित ११९ पालिकाका प्रमुख,उपप्रमुख हेटौँडामा

रामेछाप सहित ११९ पालिकाका प्रमुख,उपप्रमुख हेटौँडामा

बाग्मती प्रदेशका रामेछाप सहित एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् ।

आज र भोलि चल्ने कार्यक्रमको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रजिअ भरतमणि पाण्डे, सुरक्षा निकायका प्रमुखहरू, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार