रामेछाप नगरपालिका ७ को वडाअध्यक्षमा समिर कार्कीको प्यानल नै विजयी

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको वडाअध्यक्षमा फेरीपनि समिर कार्की भारी मतले विजयी हुनुभएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा उम्मेदवार बन्नुभएका काकीले नेकपा एमालेका उम्मेदवार ध्रुव बस्नेतलाइ ९ सय २० मतले पराजित गर्दै जित हात पार्नुभएको छ । वडा नं ७ मा कार्कीसँगै उहाँको प्यानल नै विजयी भएको छ । वडा सदस्यमा महेन्द्र […]

देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम चलिरहेको छ । हालसम्मको अवस्थामा देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १ सय १८, नेकपा एमालेले ७०, माओवादी केन्द्रले ५६, एकीकीत समाजवादीले ४, जनता समाजवादीले २ र अन्य तर्फ ८ जनाले प्रमुख र अध्यक्ष पदमा जित हात पारेका छन् । काँग्रेस […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले शान्दार जित हात पारेको छ । गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो । पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ […]

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा गिता विष्ट विजयी विजयी हुनुभएको छ । अध्यक्ष तामाङले ५३९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गर्नुभयो । तामाङले ५४७ मत बढी ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा गिता […]

रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी

रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जित्नु भएका श्रेष्ठले दोस्रो कार्यकालको लागि पनि जित हासिल गर्नुभएको छ । उहाँले आफ्नो प्रतिवद्वन्दी कांग्रेसका शुसिलहरी बख्रेलाई २ सय ३२ को फराकिलो मतान्तरमा पराजित गर्दै विजयी हुनुभयो । देउरालीमा श्रेष्ठको प्यानल नै विजयी भएको छ […]

रामेछाप नगरपालिका ३ मा कांग्रेसबाट दल ब प्रधान विजयी

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार दल ब प्रधान विजयी हुनुभएको छ । आज विहान सार्वजनिक मतपरिणाम अनुसार प्रधानले ६३९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका राम कु खत्रीले ६ सय २६ मत प्राप्त गर्नुभयो । यस अघि उक्त वडामा एमालेले जितेको थियो । रामेछाप […]

रामेछापको गोकुलगंगा गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन । कांग्रेसका वडाध्यक्षका उम्मेदवार छत्रबहादुर बस्नेत ७ सय १५ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाउनुभएको छ ।

रामेछापको सुनापति गाउँपालिका १ मा नेपाली काँग्रेसका ध्रुवप्रसाद चौलागाइ विजयी

रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ९ सय ३२ मत पाएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय १७ मत पाउनुभएको छ । चण्डेश्वर यस अघिको वडा अध्यक्ष हुनुहुन्थ्यो ।  

रामेछापको लिखुतामाकोसी गाउपालिका १ मा एमालेको प्यानलैै विजयी

रामेछापको लिखुतामाकोसी गाउपालिका १ दुरागाउँमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा प्रदिप कुमार तामाङ बिजयी हुनुभएको छ । यस्तै, सदस्यहरुमो एमालेका ध्रुव कार्की, विमल सुनुवार, खिट कुमारी थापा र शर्मिला खुट्टे बिजयी हुनुभएको छ ।  

रामेछापको उमाकुण्ड–१ मा एमाले विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा एमालेका ङावातिण्डु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले नेपाली कांग्रेसका उम्मेदवार ङापेम्बा शेर्पालाई पराजित गर्नुभएको हो । शेर्पाले ४७४ मत ल्याएर जित्नुभएका छ । कांग्रेका उम्मेदवार १३ मतले पराजित भएका हुन ।