रामेछापको गोकुलगंगा गाउँपालिका–३ मा एमालेको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नर विक्रम कार्की विजयी हुनुभएको छ ।आज सार्वजनिक गरिएको वडाको मतपरिणाम अनुसार कार्कीले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँ सहित उक्त वडामा एमालेको प्यानल नै विजयी भएका छन् । पालिका अध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।  

रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाउनुभएको छ । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए ।

रामेछापको मन्थली नगरपालिका १४ मा एमालेको प्यानलै बिजयी

रामेछापको मन्थली नगरपालिका वडा नं १४ फुलासीमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । उक्त वडा जितेसँगै मन्थली नगरपालिकामा नेकपा एमालेले जितको खाता खोलेको हो । फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ ।  

रामेछाप नगरपालिका वडा नं १ मा कांग्रेसका रेखवहादुर खत्री विजयी

रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गर्नुभएको छ । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गर्दै खत्रीले ६ सय ३० मत प्राप्त गर्नुृभएको छ । कार्कीले भने ५ सय ९४ मत पाउनुभयो । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् […]

रामेछापको मन्थली नगरपालिका वडा नं १ मा काँग्रेसको जित

रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो । आईतबार सम्पन्न मतगणनामा काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेशराज सुवेदीले ७ सय ८४ मत प्राप्त […]

विवाद मिलेसँगै रामेछाप नगरपालिकामा मतगणना सुरु

रामेछाप नगरपालिकामा मतगणना सुरु भएको छ । हिजो भएको मतदानको मतगणना गर्न सर्बदलिय बैठक बसेर मतगणना सुरु गरिएको रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङले जानकारी दिनुभयो । अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ […]

रामेछापमा ६० प्रतिशत मत खस्यो,आजै रातिदेखी मत गणना गर्ने तयारी

रामेछाप जिल्लामा ६० प्रतिशत मतदान भएको छ । विहान ७ बजेदेखी दिउँसो ५ बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप मन्थलीले जानकारी दिएको छ । जिल्लाका ८ वटै पालिकामा करिव ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिनुभयो । जिल्लाको ४ वटा स्थानमा बाहेक अन्य सबै ठाउँमा शान्तिपुर्ण रुपमा […]

रामेछाप नगरपालिकामा एउटा पनि आचारसंहिता उल्लंघनको उजुरी परेन

स्थानीय तहको निर्वाचन २०७९ आउन अब २ दिन मात्रै बाँकी छ । अहिले निर्वाचनको मौन अवधी जारी छ । निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले आज नगरपालिकामा रहेका सबै राजनीति दलका प्रतिनिधि तथा पत्रकारसँग मौन अबधिको पालनाबारे छलफल गरेको छ । रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा बोल्दै निर्वाचन अधिकृत गुरुङले रामेछाप नगरपालिकामा […]

निर्वाचनको दिन यातायात बन्द,अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द 

स्थानीय तहको निर्वाचन हुने दिन यही वैशाख ३० गते यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल […]

मध्य रातिदेखि मौन अवधि सुरु हुने, आज प्रचारप्रसारको अन्तिम दिन

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मध्य रातिदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन हुनु ४८ घन्टा अघि चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन ऐन अनुसार आज मध्य रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचारप्रसारलगाायतका गतिविधि गर्न पाइँदैन । त्यसकारण चुनावी […]