एमाले रामेछापको पार्टी कार्यालय भवनको उद्घाटन

नेकपा (एमाले) रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय ’मदन–आश्रित स्मृति भवन’ को उद्घाटन गरिएको छ । मन्थली नगरपालिका–१ आकाशे स्थित भवनको पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो । करिब एक करोड ५० लाख रुपैयाँमा भवन निर्माण भएको हो । अझै केही काम बाँकी रहेकाले निर्माण सम्पन्न हुँदासम्म कुल लागत करिब दुई करोड रुपैयाँ पुग्ने अनुमान […]

पार्टी कार्यालय उद्घाटनसँगै ’मिसन पार्टी जागरण’ अभियान सुरु गर्दै एमाले रामेछाप

नेकपा (एमाले) रामेछापले नवनिर्मित जिल्ला पार्टी कार्यालय ’मदन–आश्रित स्मृति भवन’ को उद्घाटन शुक्रवार गर्ने भएको छ। मन्थली नगरपालिका–१ आकाशे स्थित भवनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले साउन २२ गते शुक्रवार बिहान ११ बजे गर्ने कार्यक्रम तय भएको छ। एमाले रामेछाप जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले उक्त निर्णय गरेको हो। जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा बुधवार […]

कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।  कान्छाराम रामेछाप जिल्ला सभापति थिए ।

डा. कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापतिमा चयन

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापवाट निर्वाचित डाक्टर कृष्णहरि बुढाथोकी संसदको अर्थ समितिको सभापति बन्दै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले सांसद बुढाथोकीलाई अर्थ समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाले बिषय विज्ञताका आधारमा बुढाथोकीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।यो निर्णयसँगै रास्वपाको करिव दुई तिहाई बहुमत रहेको प्रतिनिधिसभाको अर्थ […]

काँग्रेसको जरा अभियान बैशाख १ देखि सुरु हुने

नेपाली काँग्रेसले “उत्साह र विश्वासको नयाँ अभियान” नारासहित “जरा अभियान–२०८३” आगामी बैशाख १ गतेदेखि सुरु गर्ने भएको छ। एक महिना सञ्चालन हुने उक्त अभियानमार्फत पार्टीले राष्ट्रिय सन्दर्भमा आफ्नो सोच र सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहसम्म संगठन सुदृढीकरण र सक्रिय सदस्यता अध्यावधिक गर्ने लक्ष्य लिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य तथा “जरा अभियान–२०८३” का रामेछापका […]

रामेछापमा ७ उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापका ७ उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा ३ स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचन परिणामअनुसार मंगोल नेशनल पार्टीका विनोद घिसिङ र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले समान ५६ मत प्राप्त गरेका छन्। नेशनल रिपब्लिक नेपालका यमबहादुर मोक्तानले ७५ मत पाउँदा […]

रामेछापमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपा पहिलो

रामेछापमा प्रत्यक्ष र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रामेछापमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा पहिलो र एमाले दोस्रो दल बनेको हो। समानुपातिकमा रास्वपाले २७ हजार ५७० मत, एमालेले १५ हजार ६७३, कांग्रेसले १४ हजार ३८३, नेकपाले १२ हजार ४० मत प्राप्त गरेका छन्। उज्यालो अर्थात् राष्ट्रिय परिवर्तन […]

रामेछापबाट रास्वपाका डा. बुढाथोकी निर्वाचित

रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार बुढाथोकी निर्वाचित हुनुभएको हो । उहाँ २४ हजार ८०८ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाउनुभयो । नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी […]

रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा

रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाको सबै मतदान केन्द्रहरुमा सबै प्रकारका तयारीहरु सकिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएका छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छ । बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम भैरहेको छ । निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यस निर्वाचनका […]

गौश्वाराबासीको एउटै स्वर, सडकको बिकासमा जोड

अप्रिल अधिकारी  रामेछाप गौश्वारा । जिल्लाको दुर्गम मानिने दोरम्बा शैलुङ गाउपालिका ४ गौश्वाराका स्थानीयलाई अहिले सम्म बनेका सरकाले सामान्य चित्त बुझाउन सक्ने गरि बिकास निर्माणको काम नगरिदिएकोमा गुनासो ब्यक्त गरेका छन । धेरै सरकार वने, ब्यबस्था परिवर्तन भए तर गौश्वारा सधै नि ओझेलमा नै पर्यो स्थानीय रोशन थापा मगरले बताए । सरकार धेरै फेरिए, ब्यबस्था […]