रामेछाप जिल्ला समन्वय समिती गठनमा काँग्रेस माओवादी बिच तालमेल

रामेछाप जिल्ला समन्वय समिती गठनमा काँग्रेस माओवादी बिच तालमेल

जिल्ला समन्वय समिति रामेछापको प्रमुख, उपप्रमुख र सदस्यको लागि दलहरुहले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखमा नेपाली काँग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेप बहादुर (प्रेमसागर) थापाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

त्यस्तै नेकपा एमालेबाट प्रमुखमा तुला प्रसाद कंडेल र उपप्रमुखमा सुनिता सुनुवारले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धन तर्फको नेपाली काँग्रेसबाट सदस्यहरुमा विर बहादुर कार्की, बाबुलाल योञ्जन र अनिषा माझी रहेका छन् भने माओवादीबाट हिरा कुमारी गिरी, विक्रम थापामगर, विन्दा सार्की र डम्बर कुमारी रसाइली रहेका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट सदस्यहरुमा भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बालकाजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्र सुनुवार र उर्मिला मग्राती रहेका छन् । जिल्ला समन्वयको लागि रामेछापमा नेपाली काँग्रेससँग ७ मत, नेकपा एमालेसँग ६ मत र माओवादी केन्द्रसँग ३ मत रहेको छ ।

जिल्ला समन्वयको प्रमुख, उपप्रमुख र सदस्य जित्नको लागि कम्तिमा ९ मत ल्याउनु पर्ने हुन्छ । काँग्रेस र माओवादी मिल्दा १० मत हुन्छ । काँग्रेस माओवादीको गठबन्धन हुँदा दश मत आउने भएपछि गठबन्धनको जित निश्चित भएको गठबन्धन पक्षका दलहरुले दावी गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको कार्यतालिका अनुसार जेठ २६ गते मनोनयन दर्ता गराउने र जेठ २९ गते मतदान हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार