जिसस रामेछापको निर्वाचन जेठ २९ गते,काँग्रेस–माओवादी गठबन्धनबाट खड्का र एमालेबाट कँडेलको उम्मेद्वारी दर्ता

जिसस रामेछापको निर्वाचन जेठ २९ गते,काँग्रेस–माओवादी गठबन्धनबाट खड्का र एमालेबाट कँडेलको उम्मेद्वारी दर्ता

रामेछापमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर जाने सहमति भएको छ । आज बसेको कांग्रेस र माओवादीको संयुक्त बैठकले जिससको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको हो । सहमति अनुसार कांग्रेसले जिसस प्रमुखसहित चार सदस्य र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिएको छ । कांग्रेस र माओवादीबीच जिससको पदाधिकारी र सदस्यमा सहमति भएको कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले जानकारी दिनुभयो ।

आज कांग्रेस सभापति तामाङ र माओवादी रामेछापका जिल्ला संयोजक एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानबीच सिट बाँडफाँडमा सहमति पत्रमा हस्ताक्षर भएको छ । गठबन्धनको उम्मेदवारी पनि दर्ता भएको छ । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट उप्रमुखको उम्मेदवार प्रेम सागर थापा बनेका छन् ।

जिससको सदस्यमा कांग्रेसबाट बाबुलाल योञ्जन, अनिषा माझी र वीरबहादुर कार्कीको उम्मेदवारी दर्ता भएको छ भने माओवादीबाट हिरा कुमारी गिरी, डम्बरकुमारी रसाइली, विन्दा सार्की र विक्रम थापामगरले जिसस सदस्यको लागि उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

यो सँगै गठबन्धनको उम्मेदवारी पनि दर्ता भएको छ । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट उप्रमुखको उम्मेदवार प्रेम सागर थापा बनेका छन् । जिससको सदस्यमा कांग्रेसबाट बाबुलाल योञ्जन, अनिषा माझी र वीरबहादुर कार्कीको उम्मेदवारी दर्ता भएको छ भने माओवादीबाट हिरा कुमारी गिरी, डम्बरकुमारी रसाइली, विन्दा सार्की र विक्रम थापामगरले जिसस सदस्यको लागि उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला समन्वयको लागि रामेछापमा नेपाली काँग्रेससँग ७ मत, नेकपा एमालेसँग ६ र माओवादी केन्द्रसँग ३ मत रहेको छ । जिल्ला समन्वयको प्रमुख, उपप्रमुख र सदस्य जित्नको लागि कम्तिमा ९ मत प्राप्त गर्नुपर्दछ । रामेछापमा काँग्रेस र माओवादीको गठबन्धन हुँदा १० मत प्राप्त हुन्छ । जिसस रामेछापको निर्वाचन यही जेठ २९ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार