रामेछाप स्थित तामाकोशी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेल तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् । भटौलीको मुगिटार नजिकैबाट पौडी खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उनको खोजी कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ […]