रामेछापको फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन

रामेछापको फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन

रामेछापको मन्थली नगरपालिकाले वडा नं १३ फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार कृषि तथा पशुको सेवा शिविरमार्फत घरदैलोमा प्रदान गरेको हो ।

नगरपालिकाले कृषि तर्फ माटो परीक्षण,विउविजन वितरण,कृषकहरुलाई रोग किरा नियन्त्रण सम्बन्धि प्राविधिक परामर्श दिएको छ । फुलासीका १ सय ४७ जना किसानले कृषि सम्बन्धि सेवा लिएका छन ।

यसैगरी पशुपंक्षि तर्फ विभिन्न प्रकारका औषधि वितरण,खोप सेवा र प्राविधिक परामर्श समेत दिइएको मन्थली नगरपालिकाले जनाएको छ । पशुपंक्षि तर्फ सयभन्दा बढी घरधुरीका किसानले सेवा लिएका हुन ।

फुलासीका नागरिकको समस्यालाई ध्यानमा राख्दै सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले बताउनुभयो ।

अन्य वडाहरुमा पनि नगरले यस्ता शिविरलाई निरन्तरता दिँदै प्रभावकारी ढङ्गले जनताको घरदैलोमा सेवा प्रदान गर्दै आइरहेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार