हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओद्धारा एक सय जनालाई खाना र नाना सहयोग

विश्व सामु फैलिएको कोरोना भाइरसले नेपालमा पनि नराम्रोसँग असर पा¥यो । २०७६ साल चैत्र ११ गते बाट नेपालमा पनि लकडाउन शुरु भएको थियो । लकडाउन शुरु भएको ४ दिन पछिबाट गरीब दुःखीको सहारा बनेका समाजसेवी प्रदिप घिमिरेले २२ महिनादेखी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका व्यक्तिहरुलाई दैनिक तातो खाना खुवाइरहेका छन् । प्रदिपले गरेको […]

रामेछाप दोरम्बाका ज्यान मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा कैद फैसलापछि २८ वर्षदेखि फरार रहेका रामेछापको दोरम्बा शैलङ गाउँपालिका–४ गौश्वाराका ५५ वर्षीय होमबहादुर थापामगर सोमबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नबराज ढुंगानाका अनुसार थापामगरलाई २०४९ साल कात्तिकमा छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा रामेछाप जिल्ला अदालतबाट २०५० साल फागुन १६ गते होमबहादुर थापामगरलाई २० […]

मन्थली नगरपालिकामा निःशुल्क मिर्गौला परीक्षण सुरु

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । आईतबारदेखी सुरु भएको मिर्गौला परीक्षण अभियान सबै वडामा सन्चालन गरिने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव फुयालले जानकारी दिनुभयो । नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क सबै नागरीकको मिगौला परीक्षण गर्ने उहाँले बताउनुभयो । नगर क्षेत्र भित्रका करिव ५१ […]

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि चण्डेश्वरी मावि बन्द

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ४ मा रहेको चण्डेश्वरी माविका शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि ८ दिनका लागी विद्यालय बन्द गरिएको छ । विद्यालयका शिक्षक र विद्यार्थीमा आज कोरोना परीक्षण गर्दा केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखी १९ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले एक सुचना प्रकाशित गरि जनाकारी गराएको […]

नेपाल निजामती कर्मचारी युनियन रामेछापको अध्यक्षमा पुनः दामोदर सुवेदी चयन

नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले दामोदर सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमति चयन गरेको हो । समितिको उपाध्यक्षमा माधव प्रसाद पौडेल महिला उपाध्यक्षमा सुप्रभा कार्की र समावेशी उपाध्यक्षमा शिव कुमार महतो चयन भएका छन् । त्यस्तै सचिवमा शेषराज पौडेल, सह–सचिवमा उज्वल […]

रामेछापमा पाँच हजार बढी नयाँ मतदाता थपिए

रामेछाप जिल्लामा पाँच हजार बढी नयाँ मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गते देखि पौष ९ गतेसम्म विभिन्न स्थानिय तहमा सन्चालन गरेको मतदाता नामावली संकलन अभियानमा ५ हजार ३ सय २० जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । २५ सय ७४ महिला र २७४६ पुरुष गरी ५ हजार ३ सय २० […]

कर्तव्य ज्यान मुद्दा अभियोग लागेका २ जनालाई रामेछाप अदालतद्धारा पुर्पक्षका लागि थुनामा राख्न आदेश

१२ वर्षअघि रामेछापको राकाथुममा भएको कर्तव्य ज्यान मुद्दा अभियोग लागेका २ जनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको ईजलासले शुक्रबार राकाथुमका ज्ञानबहादुर तामाङ र उनका छोरा जयरामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरु दुवैलाई २०६६ साल असोज १८ गते काभ्रे जिल्लाको साविक मेच्छेपौवाका […]

साथीलाई खुकुरी हानेर भागेका रामेछापका तामाङ पक्राउ

काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने रामेछापका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हान्ने रामेछाप लिखु तामाकोशीका शनि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । साथीलाई खुकुरी हानेर भागेका शनि तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक […]

स्थानीय तहको चुनाव गराउन जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि आयोग समयमा नै चुनाव गराउने तयारीमा लागेको हो । काभ्रेको धुलिखेलमा पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० […]

शारदा संस्कृत मावि रामेछापले निशुल्क खाने,बस्ने व्यवस्था सहित कर्मकाण्ड पढाउँदै

रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निशुल्क कर्मकाण्ड पढाउने भएको छ । खाने,बस्ने व्यवस्था सहित निशुल्क कर्मकाण्ड पढाईने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागी रामेछापमै पहिलो पटक निशुल्क कर्मकाण्ड […]