मन्थलीमा २ महिनासम्म अनसन,धर्ना,जुलुस,विरोध प्रदर्शन गर्न निषेध

मन्थलीमा २ महिनासम्म अनसन,धर्ना,जुलुस,विरोध प्रदर्शन गर्न निषेध

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारमा २ महिनासम्म अनसन धर्ना,जुलुस र विरोध प्रदर्शन गर्न निषेध गरेकोे छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य मार्गहरुमा भेला अनसन,धर्ना,घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद,झैझगडा,मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने वा हुलदंगा वा अशान्ति हुन सक्ने सम्भावना रहेको भन्दै निषेधित क्षेत्र तोकेको हो ।

जिल्लाको समग्र शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै सर्वसाधरण नागरीकको सेवा प्रवाहमा असर पर्ने कुरालाई मध्यनजर गर्दैै निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले एक सूचना मार्फत जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एक सूचना जारी गर्दै मन्थली नगरपालिका १ स्थित राष्ट्रिय वाणिज्य बैँकदेखी जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैँक जाने सडक त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा धर्ना,जुलुस र विरोध प्रदर्श गर्न निषेध गरिएको कुरा उल्लेख गरिएको छ ।

आईतबार(आज)देखी २ महिनासम्मको लागी अनसन,धर्ना र ५ जना भन्दा बढी व्यक्तिहरु भेला भई घेराउ,विरोध प्रदर्शन जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरु निषेध गरिएको बताइएको छ । केही दिन अघि रामेछाप नगरपालिका–१ गोठ गाउँ स्थायी ठेगाना भएकी बिनु यादव पति प्रदीप कठायतले घरमा बस्न नदिएको भन्दै घरमा बस्ने वातावरण बनाई पाउँ भनी ६ दिन जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेट अगाडि आमरण अनसन बस्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार