रामेछापको खाँडादेवी गाउँपालिकाका २० विद्यालयमा थप ३ घण्टा पढाइ

रामेछापको खाँडादेवी गाउँपालिकाका २० विद्यालयमा थप ३ घण्टा पढाइ

रामेछापको खाँडादेवी गाउँपालिकाले पालिकाअन्तर्गतका २० विद्यालयहरुमा डे बोडर्सको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ घोषणा गरेको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि डे बोडर्सको व्यवस्था गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

डे बोडर्स कार्यक्रमअन्तर्गत दैनिक न्यूनतम २ देखि ३ घण्टासम्म थप कक्षा सञ्चालन भइरहेको छ । खाँडादेवी गाउँपालिकामा रहेका ४७ वटा विद्यालयहरु मध्ये कक्षा ८ सम्म पढाइ हुने ८ वटा र माध्यमिक तहका १२ वटा विद्यालय रहेका छन् । ४७ विद्यालयमध्ये कक्षा ८ सम्म पढाइ हुने पालिकाको २० विद्यालयमा मात्र कार्यक्रम रहेको गाउँपालिकाले जवनाएको छ ।

कक्षा–८ को परीक्षा पालिकास्तरीय हुने भएकोले त्यसलाई फोकस गरिएको हुँदा कक्षा ५ सम्ममात्र पढाइ हुने आधारभूत तह छुटेको गाउँपालिकाले जनाएको छ । कक्षा ५ सम्मका लागि दिवा खाजाको व्यवस्था सरकारले पहिलेदेखि नै गर्दै आएको थियो । अहिले गाउँपालिकाका कक्षा १० सम्म पढाइ हुने सबै विद्यालयमा खाजाको व्यवस्थासमेत गरिएको खाँडादेवी गाउँपालिकाले जनाएको छ ।

दिवा खाजाको लागि पालिकाले प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ व्यवस्था गरेको शिक्षा शाखाका प्राविधिक सहायक प्रेमलाल रिजालले बताउनुभयो । उहाका अनुसार थप कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरूको गुणस्तरमा सुधार आएको छ । साथै पालिकास्तरीय वार्षिक परीक्षाको नतिजाले यसको प्रभावकारिता थप पुष्टि गर्ने उहाँको भनाइ छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्ष समग्रमा करिब ५ करोड रुपैयाँ बजेट लगानी गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार