जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा सुकाजोरमा भान्साघर औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा सुकाजोरमा भान्साघर औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले रामेछाप नगरपालिका ७ सुकाजोरमा बिहिबार(आज)भान्साघर औषधालय कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नन्दन कँडेल र डा.ज्योति ढकालले सहभागीहरुलाई स्वस्थ रहने उपायहरुका साथै हाम्रा भान्सा तथा करेसाबारीमा हुने जडिबुटिहरुको औषधीय प्रयोगका बारे जानकारी गराउनुभयो ।

‘भान्साघर नै औषधालय हो’ भन्ने जानकारी दिन र भान्साघरलाई कसरी औषधालयको रुपमा रुपान्तरण र सदुपयोग गर्न सकिन्छ ? भनेर यस्तो कार्यक्रम गरीएको डा.कँडेले बताउनुभयो । स्वस्थ जीवनशैली अपनाउन सके मात्रै पनि धेरै रोगलाई घरभित्र र शरीरभित्र भित्र्याउनु नपर्ने उहाँले बताउनुभयो । घरभित्र रोग नभित्र्याउन पनि घरभित्रै औषधि र औषधिय गुण भएका वनस्पति, जडिबुटी, मरमसला रहेको उहाँको भनाई छ । त्यसको उचित प्रयोग गर्नसके मात्रै पनि धेरै रोगबाट बच्न सकिने डा.कँडेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले सुकाजोरमा नागरीक आरोग्य सेवा केन्द्र समेत रहेकाले सो केन्द्रमा नागरीकहरुले फिजियोथेरापी सेवा संचालन गर्नुपर्ने माग गरेको बताउनुभयो । उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त सेवाको सुरुवात गरिदिन आग्रह गर्नुभयो । यसका लागी थप सहयोग चाहिए नगरपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।

कार्यक्रममा सहभागी भएपछि सुकाजोर सकृय महिला संजालकी अध्यक्ष राशी कार्कीले दैनिक रुपमा भान्साघरमा प्रयोग गर्दै आएका चिजवस्तुलाई अब औषधिको रुपमा मात्रा मिलाएर प्रयोग गर्न जानेको बताउनुभयो । घरमै औषधिय गुणयुक्त मसला वा जडिबुटी छन् भन्ने थाहा पाए पनि यसको फाइदा, प्रयोग गर्ने तरिका सिक्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेवीका,आमा समुह,महिला समुहमा आबद्ध महिलाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार