जुनारको फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोगको रोकथाम तथा नियन्त्रणबारे छलफल तथा र्याली

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ मन्थली रामेछापले आज रामेछाप नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुसँग छलफल गरेको छ । जुनारमा लाग्ने विभिन्न रोगहरु फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोकथाम तथा नियन्त्रणका बारे जुनार कृषक तथा सरोकारवालासँग छलफल गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षता र जिल्ला समन्वय समिती रामेछापका प्रमुख चिना खड्का […]

असार १८ सम्म आईपुग्दा रामेछापमा यस वर्ष २७ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १८ सम्म आईपुग्दा रामेछापमा यस वर्ष २७ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार हालसम्म जिल्लामा जम्मा २७ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको हो । जिल्लाको २७ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ८ हजार ९०९ […]

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशको बजेट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०७९÷८० का बागमती प्रदेश सरकारले प्रदेशसभाबाट बहुमतले बजेट पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक, […]

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पत्रकारको दुर्घटना बिमा गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गर्ने नीति अघि सारेको छ । पत्रकारहरुको दुर्घटना बिमाकालागि पालिकाले एक कार्यदल गठन गरी सोको विनियम बनाउने समेत तयारी गरेको बताईएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार गरिने, रेडियो […]

घरबास उठन लागेको ऋण सहपाठिले तिरी दिए

६ बर्ष अघि मृत्यु भएका रामेछाप जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका छन । विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही […]

बिटार पार्क १९ लाखका थप नयाँ संरचना

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ मा रहेको बिटार पार्कमा १९ लाख भन्दा बढिको नयाँ संरचना थपिएका छन । नयाँ संरचनाले पार्कमा थप सुन्दरता बडाएको छ । पार्कमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले डिभिजन बन कार्यालय रामेछाप मार्फत १९ लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटको दायरामा रहेर संरचना निर्माण कार्य सम्पन्न गरेको पार्क […]

रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीको माग

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीले माग गरेका छन । रामेछाप नगरपालिकाको के्रन्द्र समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान नहुँदा विभिन्न समस्याहरु हुने गरेको छ । रातको समयमा चोरी तथा डकैतीका घटनाहरु भैहाले चोर पक्ता लगाउन निकै समस्या हुने भन्दै नगरपालिकाले छिटोभन्दा छिटो सिसी क्यामेरा […]

अमन बुढाथोकीले जन्मदिनमा खुवाए गरीब दुःखीलाई खाना

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौमा माता मन्दिरा बुढाथोकी र पिता शम्भु बुढाथोकीको कोखबाट दोश्रो सन्तानको रुपमा २०५४ साल असार १० गते जन्मिएका अमन बुढाथोकीले उनको जन्मोत्सको अवसरमा असार १० गते मन्थली देखी काठमाडौं गएर काठमाडौंको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी गरीब अशक्त तथा असहाय भएका सयौं मानिसहरुलाई रातको एक […]

रामेछापको ८ वटै स्थानिय तहको आ.ब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट सार्वजनि गरेका छन । सबै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख […]

लिखु तामाकोसी गाउँपालिकाको आब २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको  छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण […]