लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगायो

लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगायो

शनिबार (आज) साँझ करिव ६ बजेतिर लिखु खोलाले जलाउँदै गरेको शव बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको हो ।

बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को जिरी अस्पतालमा पोस्टमार्टमपछि आज शव जलाउने क्रममा लिखु नदीले बगाएको हो । लिखु–२ जलविद्युत आयोजनाले विना सुचना ड्याम खोलिदिएपछि लिखु नदीमा एक्कासी पानीको बहाव बढेपछि करिव ४५ मिनेट जलिसकेको शव बगाएको गुम्देलका वडा अध्यक्ष ङावा तिन्डु शेर्पाले जानकारी दिनुभयो ।

करिव ५०/६० जना गएका मलामीहरू कोही कपाल मुन्डन गर्दै र कोही नुहाउन लागेको समयमा पानीको बहाव बढेपछि भागदौड हुँदा तितरबितर भएका थिए भने अहिले सबै सम्पर्कमा आएको र सबै सकुशल रहेको किन्जा प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार