चोरीको मोटरसाइकल सहित रामेछापका एक जना पक्राउ

ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकल सहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एक जना रामेछापका रहेका छन । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकल सहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । […]

खोप बारेका भ्रमको पछि नलाग्न सरकारको आग्रह

सरकारले कोरोनाविरुद्धको खोपका बारेका बिभिन्न अफवाह फैलाइएको भन्दै सर्वसाधारण नागरिकलाई निर्धक्कका साथ खोप लगाउन अनुरोध गरेको छ । कोरोना महामारीबाट जोगिनका लागि एक मात्र विकल्पको रुपमा रहेको कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न हल्ला र भ्रम अझै पनि मानिसहरुमा रहेको भन्दै सरकारले निर्धक्कसाथ खोप लगाउन आग्रह गरेको हो । पछिल्लो समय नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको अमेरिकी जोन्सन […]

रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ६० जना संक्रमित थपिए

रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ६० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना, तामाकोसी अस्पतालमा २ जना,खाँडादेवि गाउँपालिकामा ५ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना,दोरम्बा गाउँपालिकामा २ जना लिखु तामाकोशी गाउापालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ […]

वाग्मती प्रदेश सरकारद्धारा दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको हो । निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ […]

रामेछाप सुकाजोरका एक कोरोना संक्रमित महिलाको मृत्यु

रामेछाप जिल्लामा आज एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरकी ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । केहि दिन अघि जिल्लाबाट थप उपचारको लागी काठमाडौ पठाइएको ति महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो । यो सँगै जिल्लामा […]

रामेछापका शिक्षकहरु रिले अनशनमा

नेपाल शिक्षक महासंघ रामेछापमा आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३० बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज रामेछाप लगायत देशभरका शिक्षकहरु एक दिने रिले अनशन बसिरहेका हुन । नेपाल शिक्षक महासंघ रामेछापमा आबद्ध शिक्षकहरु जिल्लाको सबै स्थानिय तहहरुमा अनशन बसिरहेका […]

बलात्कार गरेर फरार बालक रामेछापको सुनापतीबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बलात्कार गरेर फरार एक बालकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापले जबरजस्तिकरणीमा १२ वर्ष ६ महिना कैद फैसला सुनाएदेखी फरार रहेका बालकलाई आज पक्राउ गरेको हो । रामेछापको सुनापति गाउँपालिका वडा १ धारापानी घर भएका ति बालकलाई प्रहरीले उनको घरमै गएर पक्राउ गरेको हो । ति बालकलाई आबश्यक कार्बाहीको लागि […]

रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछाप जिल्लामा आज १८ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना ,रामेछाप नगरपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवि गाउँपालिकामा ४जना,गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय […]

फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समाधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की, वडा नं […]

बागमती प्रदेशद्धारा चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक

बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो ।आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ ÷०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले स्थानीय तहहरुलाई समानीकरण अनुदानबापत आर्थिक बर्ष […]