जुनेली सहकारीको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन

जुनेली सहकारीको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन

cजुनेली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन हुनुभएको छ । शुक्रबार संस्थाको पाँचौँ अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

पाँचौँ अधिवेशनबाट उपाध्यक्षमा ढाल विक्रम कार्की,सचिवमा,भगवती मगर,कोषाध्यक्षमा रामबहादुर थापा, र सदस्यहरुमा क्रमश रविन्द्र कुमार श्रेष्ठ,रित बहादुर कार्की,राम कुमार कार्की,तुलसा काकी र चन्द्रिका लामा खड्का चयन हुनुभएको हो । यसैगरी लेखा उपसमितीमा संयोजक बर्ज बहादुर मगर,सदस्यहरु नारायण कुमार बस्नेत र सकुन्तला पुरी चयन हुनुभएको छ ।

रामेछाप नगरपालिका वडा नं ८ मा कार्यालय रहेको सहकारीले १६ औँ साधारण सभा पनि मनाएको छ । रामेछाप नगरपालिका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्की,विभिन्न सहकारीका प्रमुख एवं प्रतिनिधीहरुले आफनो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार