रामेछाप हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयले मनाए खुशियाली

रामेछाप हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयले मनाए खुशियाली

रामेछाप नगरपालिका – ४ हिमगंगा बोलङ्ग बोलङ्गमा पहिलो पटक बस पुगेको छ । रामेछाप नगरपालिकाको दुर्गम वडा हिमगंगा बोलङ्ग बोलङ्गमा बस पुग्दा स्थानीय हर्षित भएका हुन । आफ्नो गाउँमा पहिलो पटक बस पुग्दा बोलङ्ग बोलङ्ग बासिले खुशीयाली मनाएका हुन । स्थानीयले गाउँमा बस लिएर पुगेका चालक र सहचालकलाई फुलमाला,अबिर र खादा ओडाएर बसलाई पुजा गरेका छ्न ।

गाउँमा सानो गाडीहरू आउने गरेपनि ठुलो बस भने पहिलो पट्क आएको स्थानीय बिना कुमारी सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो,-“गाउँमा बस आइपुग्यो अब यहाँ उत्पादन भएका चिजवस्तु सदरमुकाम बेच्न लैजान्छु।”

सोही ठाउँका अर्का स्थानीय वीर बहादुर मगरले पनि गाउँमा बस चलेपछि आफुहरुलाई धेरै सहज हुने बताउनुभयो ।” हिजो अस्तीका दिनहरूमा गाउँमा सुमो,बोलेरो र टयाक्टर मात्रै चल्थ्यो । विशेष कामले कतै जानुपर्दा गाडीको सिट नपाएर तनाब हुन्थ्यो । अब सहज हुनेँ भो” -उहाँले भन्नुभयो ।

रामेछाप नगरपालिकाका निवर्तमान नगर प्रमुख नर बहादुर थापा मगरको गाउँ समेत रहेको बोलङ्ग बोलङ्गमा भौगोलिक विकटताका कारण ठुला सवारी साधन नियमित रुपमा संचालन हुन सकेको थिएन । नगर प्रमुख थापा मगर निर्वाचित भएपछि बोलङ्ग बोलङ्ग गाउँले विकासको उज्यालोको महसुस गर्न पाएको हो । उक्त गाउँमा सडक,विधुत,खानेपानी जस्ता विकासका पुर्वाधार पुग्नुमा निवर्तमान नगर प्रमुख मगरको ठुलो देन छ ।

मगर र सुनुवार जातिको मात्रै बसोबास रहेको उक्त गाउँमा आइतबारदेखि नियमित रुपमा बस सेवा संचालन भएको वडाअध्यक्ष कृपा थापा मगरले बताउनुभयो । हिमाल तराई यातायात प्रालिले अबदेखि नियमित रुपमा त्यहाँ बस सेवा संचालन गर्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार