रामेछापमा आज २२ जना कोरोना संक्रमित थपिए, ४५ जना निको

रामेछाप जिल्लामा केही दिनदेखी कोरोना संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७७६ जना पुगेको छ । आज जिल्ला अस्पताल रामेछापबाट एक जना, रामेछाप नगरपालिकाबाट १९ जना, खाँडादेवी गाउँपालिकाबाट पाँच जना, गोकुलगंगा […]

पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आज प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु मार्फत आज प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आफैँले टेलिभिजन, पत्रपत्रिका, रेडियो सञ्चालन गरी प्रदेशका १३ जिल्लाबाट प्रकाशित तथा प्रसारित हुने सञ्चारमाध्यमलाई बन्द गराउने उद्देश्यले वाग्मती प्रदेश सरकारले आमसञ्चारमाध्यम स्थापना गरेको भन्दै प्रजिअ शैजु मार्फत आज प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल […]

रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा ठेकेदारले लगाए ताला

रामेछाप सेलेघाट साँघुटार सडक आयोजनाको कार्यालयमा आज स्थानिय ठेकेदारहरुले ताला लगाएका छन । सेलेघाट साँघुटार पिच सडकको काम गरिरहेको स्थानिय ठेकेदारहरुले काम गरेको ८ महिना भैसक्दा पनि एक रुपैयाँ पनि भुक्तानी नपाएको भन्दै आयोजनाको कार्यालय रहेको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा पुगेर ताला लगाएका हुन । सो आयोजना अन्तर्गत ५० किलो मिटरको सो सडक […]

रोङ्सी नदीको बहाव सुचारु, तामाकोशी किनारका वासिन्दालाई राहत

नेपाल–चिन सिमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो । यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ […]

रामेछापमा आज २५ जना कोरोना संक्रमित थपिए,४० जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका २५ जना कोरोना संक्रमित थपिदा ४० जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ । आज मन्थली नगरपालिकाबाट ५ जना, रामेछाप नगरपालिकाबाट […]

माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै […]

तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने

चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्ने भएकाले तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो । आज बिहानसम्म अवस्थाउस्तै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । पहिरोका कारण थुनिएको […]

रामेछाप स्थित सुनकोशी नदिको किनारमा दुई पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार एकै दिन २ वटा शब फेला परेको जानकारी दिएको छ । जिल्लाको खाडाँदेबी गाउँपालिकामा पर्ने सुनकोशी नदिको किनारमा पहिचान खुल्न नसकेको वेवारीसे शव फेला परेको हो । बुधबार दिउसो ३ : ३० बजेको समयमा खाडाँदेबी गाउँपालिका –४ पुछिघाटमा पर्ने सुनकोसी नदिको किनारमा अन्दाजी ४५ बर्षको एक पुरुषको शब फेला परेको […]

सिन्धुपाल्चोकको मेलम्चिमा ७ जनाको शव फेला

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो देखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश […]

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,१४ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३० जना कोरोना संक्रमित थपिदा १४ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ६ सय ९ जना पुगेको छ । आज रामेछाप नगरपालिकाबाट ३ जना, दोरम्बा गाउँपालिकाबाट […]