पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभामा ४ वटा पुरस्कार कोषको घोषणा

पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभामा ४ वटा पुरस्कार कोषको घोषणा

नेपाल पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभा कार्यक्रममा ४ वटा पुरस्कार कोषको घोषणा भएको छ । बिहिबार रामेछाप सदरमुकाम मन्थलीमा साधारण सभा कार्यक्रम मनाउने क्रममा बोल्ने ४ जना बक्क्ताले केहि पुरस्कार कोषको घोषणा गरेका हुन ।

रामेछाप जिल्लाका अगुवा पत्रकार टीकाप्रसाद भट्टले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरी हरेक बर्ष एक जना क्रियाशिल पत्रकारलाई पुरस्कार दिने घोषणा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं रामेछापका प्रतिनिधि सभाका सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम) ले २ लाख १ हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

खाँडादेवि गाउँपालिका ६ का वडा अध्यक्ष नारायण कार्कीले १ लाख ११ हजार १ सय ११ को पुरस्कार कोषको घोषणा गर्नुभयो । पत्रकार रमेश ढुंगेलले ५० हजार रुपैयाको कोषको स्थापना गर्ने घोषणा गर्नुभयो । उक्त घोषणा अनुसारको पुरस्कारहरु बेग्ला बेग्लै कोष वनाएर संचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार