रामेछाप भुजीमा बोलेरो जिप दुर्घटना,९ यात्रु घाइते

रामेछाप भुजीमा बोलेरो जिप दुर्घटना,९ यात्रु घाइते

रामेछापको उमाकुण्ड ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ ।

प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । ६ जना घाइतेहरूको स्थानिय अस्पतालमै उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार