पत्रकारले मुन्द्रा लगाउने हैन : सांसद कान्छाराम

पत्रकारले मुन्द्रा लगाउने हैन : सांसद कान्छाराम

रामेछापका प्रतिनिधि सभाका सांसद पुर्ण बहादुर तामाङ कान्छारामले राज्यको चौथो अंग पत्रकारले मुन्द्रा लगाएर हिँडे नागरिकले विश्वास नगर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको १९ औं साधारणसभा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।

पत्रकार पेशामा लागेका रामेछापका केही पत्रकारहरु कानमा मुन्द्रा झुन्डाएर हिडेको आफुले देखेको भन्दै उहाँले कानमा मुन्द्रा झुन्डाएर नागरिकको विश्वास जित्न नसकिने बताउनुभयो । जिल्लामा परिवर्तन र विकासमा पत्रकारहरुको भुमिका महत्वोपुर्ण हुने भन्दै उहाँले सत्यतथ्य र निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार