आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको अनुरोध

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको छ । टेलिकमले राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको भन्दै आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न अनुरोध गरेको हो ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयमको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ । अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहेको टेलिकमको भनाइ छ । यस्तै टेलिकमले सिमकार्ड हराएमा र बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड लिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार