अख्तियारको कार्यालय बर्दिबासमा भ्रष्टाचार सम्बन्धि रामेछापका ८ वटा उजुरी दर्ता

अख्तियारको कार्यालय बर्दिबासमा भ्रष्टाचार सम्बन्धि रामेछापका ८ वटा उजुरी दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा भ्रस्टाचार सम्बन्धि रामेछाप जिल्लाका ८ वटा उजुरी दर्ता भएको छ । मंगलबार मन्थलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका कार्यालय प्रमुख गोपाल प्रसाद शर्माका अनुसार भ्रष्टाचार सम्बन्धि उजुरी आउने क्रम बढेको छ । रामेछाप जिल्लाका स्थानीय तहमा भ्रष्टाचार भएको भनेर ८ वटा उजुरी दर्ता भएको हो । ८ वटा उजुरी दर्ता भएकोमा १ वटा उजुरी फर्छ्यौट भएको प्रमुख शर्माले बताउनुभयो ।

रामेछाप जिल्लाको सबैभन्दा धेरै उजुरी लिखुतामाकोशी गाउँपालिकाको रहेको उहाँले बताउनुभयो । रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको १/१ वटा उजुरी अख्तियारमा परेको प्रमुख शर्माले बताउनुभयो । रामेछापका अन्य स्थानीय तहबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी नपरेको शर्माले बताउनुभयो ।

आर्थिक अनियमितता तथा भ्रष्टाचार सम्बन्धि उजुरी जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता गर्न सकिने व्यवस्था मिलाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जानकारी दिएको हो । रामेछाप प्रशासनमा १२ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका कार्यालय प्रमुख गोपाल प्रसाद शर्माले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार