राष्ट्रिय परिचय पत्र बनाउन घुम्ती शिविर सहित सुकाजोर वडा पुग्यो बिर्ता

राष्ट्रिय परिचय पत्र बनाउन घुम्ती शिविर सहित सुकाजोर वडा पुग्यो बिर्ता

रामेछापमा अहिले राष्ट्रिय परिचय पत्र वनाउने अभियान चलिरहेको छ ।

मन्थली नगरपालिकाबाट सुरु भएको अभियान मन्थली नगरपालिकाको १४ वटै वडामा सम्पन्न भएर रामेछाप नगरपालिकाको ९ वटै वडामा जारी छ ।

रामेछाप नगरपालिकाको सबै वडामा परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम भैरहेको छ । सबै वडाको वडा कार्यालय मार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम भैरहेको भएपनी वडा नं ७ सुकाजोरले टोलमै पुगेर नागरिकलाई सेवा दिएको छ ।

वडा नं ७ को विकट मानिने बिर्तामै पुगेर घुम्ती शिविर मार्फत सेवा प्रवाह गरिएको वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले जानकारी दिनुभयो । शनिबार र आइतबार दुई दिन टोली बिर्तामै बसेर त्यहाँका सबै नागरिकहरुको परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम सक्ने उहाँले बताउनुभयो । साथै उक्त घुम्ती शिविरमा नागरिकता प्रमाणपत्र सिफारिस,जन्म दर्ता,विवाह दर्ता,मृत्यु दर्ता,बसाइँसराइ र अन्य वडावाट प्रदान गरिने सिफारिसहरु प्रदान गरिने वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार